आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम विजयी, एस्टन भिल्लाको लज्जास्पद हार

दैनिक नेपाल २०७८ कार्तिक १५ गते ९:३४

लण्डन, १५ कात्तिक । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ ।

आइतबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औँ मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

३८औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ५० मिनेटमा इज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो ।

खेलको ८० औँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले १० खेलमा २० अङ्क जोडेको छ ।

आइतबार राति नै भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्सले नर्विच सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित