भक्तपुर, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पालिका अधिवेशनमा नयाँ पुस्ताले प्रशस्त स्थान जमाउन सफल भएका छन् ।
मध्यपुर थिमि नगरपालिकामा हालै सम्पन्न एमाले नगर अधिवेशनले भर्खर १८ वर्ष टेकेकी एसिया राज्यलक्ष्मी थापा सर्वसम्मत नगर कमिटी सदस्य चयन गरेको छ ।
भर्खर प्लस टु सकेर एमविविएसको तयारीमा रहेकी एसिया राजनीतिमा सकृय हुनुका साथै समाजसेवामा पनि चासो राख्छिन् ।
भक्तपुरकै९संभवतः देशकै० कान्छी एमाले नगर सदस्य एसियाले आफ्नो अध्ययन र राजनीतिलाई संगसंगै अगाडि बढाउने बताइन् ।
उनले भनिन्, ‘राजनीतिमा आमूल सुधार गर्न राजनीतिमा हामीजस्ता युवा पुस्ता आउनु पर्छ भनेर म राजनीतिक जिम्मेवारीमा आएकी हुँ ।’
हालै सम्पन्न मध्यपुर थिमि नगर अधिवेशनले पुराना नेता सूर्यलाल श्रेष्ठको अध्यक्षतामा नगर कमिटीको निर्वाचन सम्पन्न गरेको थियो ।











प्रतिक्रिया