बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

आर्यनको जन्मदिनपछि शाहरूख छायाँकनमा फर्किने

दैनिक नेपाल २०७८ कार्तिक १५ गते ८:०८

मुम्बई । छोरा आर्यन खान लागुऔषध मुद्दामा जेलमा रहँदा खान परिवारले केही पनि उत्सव नमनाउने घोषणा गरेका थिए । अन्ततः मन्नत अर्थात् खान परिवारको घरमा खुसी र उत्सव फर्किएको छ ।

छोरा आर्यन खान जेलबाट घर फर्किएसँगै शाहरुखले आफ्नो जन्मदिन मनाउने घोषणा गरेका छन् । नवभारत टाइम्सका अनुसार शाहरुख खानले २ नोभेम्बरमा आफ्नो जन्मदिनमा सानो कार्यक्रम राख्दैछन् । त्यसपछि १३ नोभेम्बरमा आर्यनको जन्मदिनपछि पुनः छायांकनमा फर्किदै छन् ।

आर्यन पक्राउमा पर्नुअघि अभिनेता खान ‘पठान’को छायांकनका लागि स्पेनमा थिए । तर आर्यनको केसपछि उनी छायांकन स्थगित गरेर घर फर्किएका हुन् ।

आर्यन खानलाई २ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा छापा मारेर नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको थियो । बम्बे उच्च अदालतले २८ अक्टोबरमा यो मुद्दामा केही शर्तसहित जमानत दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित