
काठमाडौँ, १४ कात्तिक । नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) साताको पहिलो दिन आइतबार ५५.५० अंकले बढेको छ ।
केही दिनदेखि बढिरहेको नेप्से आज बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो अर्थात बढ्दो क्रममा छ ।
त्यस्तै, आइतबार नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ ।















प्रतिक्रिया