शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘द भ्वाइस किड्स’ कात्तिक २६ बाट प्रशारण हुने

दैनिक नेपाल २०७८ कार्तिक १४ गते १३:४९

काठमाडौँ, १४ कात्तिक । बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो ।

यो शोको ‘ब्लाइन्ड अडिसन’ को छायाङ्कन भइसकेको छ । २० भाग प्रशारण हुने शो को ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड हुनेछ । अहिले ब्याटल राउन्डको छायाङ्कन भैरहेको निर्माण युनिटले जनाएको छ ।

शोका निर्देशक लक्ष्मण पौडेल रहेका छन् ।

आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि शोमा ध्यान दिने पौडेलले बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

प्रतिक्रिया
सम्बन्धित