आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँग अष्ट्रेलिया पराजित

दैनिक नेपाल २०७८ कार्तिक १४ गते ७:१४

युएई, १४ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ ।

दुबईमा शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो ।

अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डका जोस बट्लरले अविजित ७१ रनको अर्धशतकीय पारी खेले ।

अष्ट्रेलियाका एडम जाम्पा र एस्टन एगरले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४ तथा एस्टन अगरले २० रन जोडे । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २र२ विकेट लिए ।

समूह एकमा रहेको इङ्ग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ । इङ्ग्ल्यान्डले यसअघिका खेलमा बङ्गलादेशलाई ८ विकेट र वेस्ट इण्डिजलाई ६ विकेटले हराएको थियो ।

अष्ट्रेलिया ४ अंकका साथ चौथो स्थानमा रहेको छ । अष्ट्रेलियाको यो पहिलो हार हो । यसअघिका खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ७ विकेट र दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो।

प्रतिक्रिया
सम्बन्धित