बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पहिलो दोहोरी च्याम्पियन बने प्रकाश पराजुली र मिना बुढाथोकी

दैनिक नेपाल २०७८ कार्तिक १३ गते २२:०१

काठमाडौँ, १३ कात्तिक । पहिलो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो च्याम्पियनको शनिबार साँझ पोखरामा भएको फिनालेमा प्रकाश र मिनाको समूहले विजय हासिल गरेको हो ।

उनीहरुले बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमापछि पार्दै उपाधि हात पारेको हुन् ।

उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।

सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ ।

तृतीय र सान्त्वना समूहले क्रमशस् तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।

गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित