
-वि वि श्रेष्ठ
व्यास, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँका सचिवालय सदस्य एवं नगर ईन्चार्ज प्रदिपराज अधिकारीले नेकपा(एमाले)को संगठनलाई सुढढ वनाईने वताएका छन् ।
नेकपा एमाले व्यास–५ द्धारा आयोजित कार्यक्रममा नगर ईन्चार्ज अधिकारीले सो कुरा वताएका हुन् ।
एमाले आफैमा कमजोर छैन, तर संगठित हुन नसक्दा अहिलेको अवस्था आएको वताए । पार्टी फुटको तनहुँमा कुनै असर छैन, तर एमालेलेलाई एकतावद्ध वनाईनेछ, उनले भने ।
सरकारले राम्रो काम गरेको हुदाँ हुदै पनि परमादेश मार्फत विस्थापित भएको हुदाँ त्यसको असर अहिले देखिएको समेत उनले बताए ।
अवको निर्वाचनवाट फेरि नेकपा एमाले पहिलो शक्ति वन्ने दावी समेत उनले गरे । देशैभिर एमाले प्रति जनताको प्रवेशले पनि सो कुरा पुष्टि भएको छ, उनले भने । संघिय सरकारले वजेट व्यवस्थापनमा सन्तुलित गरेको भएता पनि स्थानिय सरकारले पुर्वाग्रह राखेको समेत उनले बताए ।
नेकपा एमाले व्यास नगर कमिटी वडा नं ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सचिवालय सदस्य दिपेन्दराज शाही, नगर सदस्य युवराज खनाल, पुर्व वडाध्यक्ष वलभद्र श्रेष्ठ, प्रेम प्रसाद पौडेल लगायतले अवको दिनमा पार्टीले खेल्नुपर्ने भुमिकाका वारेमा प्रकाश पारेका थिए ।
सोही क्रममा कार्यक्रमका अध्यक्ष श्रेष्ठले पार्टी कमिटीलाई चुस्त र दुरुस्त राख्ने बताएका थिए । जनसरोकार र वडा विकासका लागी पार्टीले सक्दो भुमिका खेल्नेछ, यसको अगुवाई अव एमालेले गर्दछ, अध्यक्ष श्रेष्ठले वताए ।
आश्विन किशोर श्रेष्ठले संचालन गरेको सो कार्यक्रममा वडा, जिल्ला लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया