८ कार्तिक २०८३, आइतबार

बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १३ कात्तिक । बाँकेमा प्रहरीले चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूसँगै एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको डिसपी खनालले जानकारी दिए ।