
मुस्ताङ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् ।
शनिबार मुक्तिनाथ मन्दिरमा पुजाअर्चनापछि राष्ट्रपति भण्डारीबाट मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।
भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गएकी हुन् ।
हेर्नुस् तस्वीरहरुः













प्रतिक्रिया