१९ कार्तिक २०८३, बिहिबार

बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउन्टेन गाइडको उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सोलुखुम्बु, १३ कात्तिक । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउन्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो ।

शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उहाँलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए ।

उनका अनुसार सो अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत उद्धार गरी आज नै काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गराएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ ।

सोलु दूधकुण्ड नगरपालिका– ३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो ।

उद्धार टोलीले खोजी कार्य जारी राखेको भए पनि बेपत्ता शेर्पाको अवस्था अझै अज्ञात रहेको छ ।

उक्त टोलीले आइतबार अन्तिम पटक खोजी कार्य गर्ने कम्पनीले जनाएको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरि १० जना पर्यटक हिउँमा फसेका थिए ।

उनीहरुलाई दुई दिनपछि माउन्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकप्टरमार्फत लुक्ला ल्याइएको थियो । –रासस