१९ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले चरणवद्ध आन्दोलन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएसनले आइतबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको बारको बैठकले आन्दोलनको तय गरेको हो ।

त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ ।