१९ कार्तिक २०८३, बिहिबार

वकिलहरुको कुटाकुटबारे कलाकारको यस्तो व्यङ्ग्य

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेपाल बार एशोसिएसन परिसरमा दुई वकिलबीच भएको कुटाकुटबारे कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष प्रहार गरेका छन् ।

गिरीले घटनाको कटाक्ष गर्दै ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार तथा निर्माता गिरीले ”क़ानून ब्यबसायीहरू को संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो” भनेका छन् ।

त्यस्तै सोही घटनाबारे हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुडा) ले पनि व्यङ्ग्य गर्दै फेसबुकमा स्ट्याटस् लेखेका छन् ”नेपाल बार नाम राखेचन् , नेपाल वार राख्नु परो” ।

बार एशोसियसनको परिसरमै शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

उनीहरुबीच कुटाकुट भएको भिडियो अहिले भाइरल भइरहेको छ ।

यस्तो छ भिडियो: