१९ कार्तिक २०८३, बिहिबार

थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ कोरोनामुक्त, ६ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ५९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार १४५ नमुनाको पीसीआर परीक्षण र २ हजार ६०१ एन्टिजेन परीक्षण गरी जम्मा परीक्षण ९ हजार ७४६ गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज ५६९ जना कोरोनामुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २४८ छ ।

हालसम्म ७ लाख ९० हजार ३५८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ।