१९ कार्तिक २०८३, बिहिबार

राष्ट्र बैंकले नोट छपाईका लागि छान्यो १० देशका १० कम्पनी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छाप्नका लागि १० मुलुकका १० कम्पनीहरु छनोट गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको बैंकले जनाएको छ ।

यस्तै, ज्वाइन्ट स्टक कम्पनी गोजांक, रसिया, कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्वीजरल्याण्ड र सेक्युरिटी प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड, इन्डिया समेत छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले गरेको बोलकबोल गरेकोमा परेका आवेदनहरु मध्येबाट बैंकले प्राथमिक चरणमा १० कम्पनीलाई छनोट गरेको हो ।