
काठमाडौँ, १२ कात्तिक । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेपछि कार्यवाहक सभापतिमा उपसभापति विमलेन्द्र निधि तोकिएका छन् ।
प्रधानमन्त्री देउवासहित २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बिहान कतार एयरबाट बेलायत प्रस्थान गरेका हो ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरे नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत जनाएका छन् ।












प्रतिक्रिया