८ कार्तिक २०८३, आइतबार

भन्सार छलि ल्याउँदै गरेको साढे ४ लाख बराबरको लत्ताकपडा बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १२ कात्तिक । अवैध रुपमा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ४ लाख ५५ हजार ४ सय ६० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा बुधबार प्रहरीले बरामद गरेको छ ।

अवैध रूपमा भन्सार छली वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, नगवा र लिंकरोडमा ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले उक्त लत्ताकपडाहरु बरामद गरेको हो ।

बरामद लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।