
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो ।
नेपाली टोली स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत प्रस्थान गरेको हो । टोली शुक्रबार विहान १०ः४० मा कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेका हो ।
पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । उनी कात्तिक १८ मा स्वदेश फर्कने छन् ।















प्रतिक्रिया