शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कटरिना र विक्कीको के छ सम्बन्ध ?

दैनिक नेपाल २०७८ कार्तिक १२ गते ११:३४

मुम्बई । बलिउड नायिका कटरिना कैफ पछिल्लो समय चलचित्रभन्दा अभिनेता विक्की कौशलसँगको सम्बन्धका कारण चर्चामा छिन् ।

बुधबार कटरिना र विक्कीको विवाहको तयारीको खबर एकाएक फैलियो । समाचार भाइरल बनेपछि कटरिनाले आफै ती समाचारहरूको खण्डन गर्दै त्यसलाई ‘अफवाह’ बताएकी छिन् ।

कटरिनाले बलिउड लाइफसँग कुराकानी गर्दै विवाहको खबरमा पूर्णविराम लगाएकी हुन् । उनले सबै खबर बकवास भएको बताइन् । यस्तो खबर कहाँबाट आउँछ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई पनि यो प्रश्न ले पछिल्ला १५ वर्षदेखि सताइरहेको छ ।’ रिपोर्टका अनुसार अहिले नै विवाह गर्ने उनको कुनै योजना छैन ।

कटरिना र विक्कीको विवाहको खबर टाइम्स अफ इन्डियाले सबैभन्दा पहिले लेखेको थियो । रिपोर्टमा दुई जनाले विवाहको तयारी सुरु गरेको उल्लेख गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको थियो, ‘दुवैले विवाहका लागि कपडादेखि सबै डिजाइन गर्न सुरु गरेका छन् । विवाह नोभेम्बर–डिसेम्बरमा हुने तयारी छ ।’

गत महिना दुवैले एक निजी समारोहबीच इन्गेजमेन्ट गरेको पनि खबर आएको थियो । नायिकाले यसबारे आधिकारिक वक्तव्य जारी गर्दै समाचारको खण्डन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित