काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेस पार्टीमा कुनै पनि योगदान नगरेका डा.शंकर शर्मालाई सरकारले राजदूतमा सिफारिस गरेर ठूलो गुन लगाएको छ ।
डा.शर्मा जनप्रतिनिधि होइनन् । कांग्रेसबाट सबैभन्दा धेरै अवसर पाउनेमा डा.शर्मा अग्रस्थानमा छन् । डा.शर्माले कांग्रेसको नामबाट छैटौँ पटक आकर्षक अवसर पाएका छन् ।
कांग्रेसमा डा.शर्माभन्दा राम्रा र क्षमतावान व्यक्ति छन् । सरकारले डा.शर्मालाई के देखेर राजदूतमा सिफारिस गरेको कांग्रेसमा दुःख गरेका नेता कार्यकर्ता चकित परेका छन् ।
डा.शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेका छन् ।
डा.शर्मालाई अवसरवादीका रुपमा धेरैले चिन्ने गरेका छन् । उनीसँग अमेरिकन ग्रिनकार्ड छ भनेर बेलाबेला आरोप पनि लाग्ने गरेको छ ।
अमेरिकामा बस्दै आएका डा.शर्मालाई प्रधानमन्त्री देउवाले केही समय अगाडि बोलाएका थिए । डा.शर्मा अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने सोँचका साथ गएका थिए ।
यसअघि डा.शर्माले कांग्रेसका नाममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष चलाइसकेका छन् । २०७० मा स्व. सुशील कोइराला प्रधानमन्त्री बनेका बेला डा.शर्मालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति गरिएको थियो ।
देउवा चौथो पटक प्रधानमन्त्री भएका बेला डा. शर्मालाई सल्लाहकारमा नियुक्त गरिएको थियो ।
डा.शर्माको पुख्र्याैली घर ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–९ मा पर्छ । उनको बाल्यकाल काठमाडौंमा हुर्कियो । उनले गाउँलाई कहिल्यै पनि प्रथामिकता दिएनन् ।
प्रजातान्त्रिक आन्दोलनमा कहिल्यै पनि सडकमा नदेखिएका डा.शर्मालाई कांग्रेसको कालो कोठाभित्रबाट सबैभन्दा धेरै अवसर मिलेको छ ।
प्रजातन्त्र डा.शर्माका लागि फलिफाप बनेको छ । कहिल्यै पनि जनतासमक्ष अनुमोदन नभएर डा.शर्माले आकर्षक लाभहरू लिइरहेका छन् ।
एमालेमा पनि सबैभन्दा धेरै अवसर पाउनेमा डा.युवराज खतिवडा पर्छन् । डा.खतिवडाले पनि जनताबाट अनुमोदन नभएर एमालेका नाममा ८ पटक अवसर पाएका छन् । डा.खतिवडालाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रिय सभाको मनोनीत सांसद र अर्थमन्त्री समेत बनाइसकेका छन् ।
डा.खतिवडा राष्ट्र बैंकको गर्भनर, राष्ट्रिय योजना आयोग, अमेरिकाका लागि नेपाली राजदूत जस्ता पदमा एमालेका नाममा अवसर पाएका छन् ।
अमेरिकन र युरोपियन युनियन निकट मानिने डा.शर्माले एक दिन पनि अमेरिकन सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा बोलेनन् । डा.शर्माले एमसीसीको बचाउ र विरोध केही पनि नगरेर आलोचना हुने डरले कोठाभित्र बसेका थिए ।
अहिले आएर सबैभन्दा पहिला डा.शर्माले कांग्रेसको नाममा अवसर पाएका छन् । डा.शर्मालाईले एग्रिमो पठाउन नहुने माग उठेको छ । भारतले एग्रिमो पठाएन भने डा.शर्मा भारतका लागि नेपाली राजदूत बनेर जान पाउनेछैनन् ।
डा.शर्माले भारतमा रहँदा पनि नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्न सक्छन् भन्नेमा पनि आशंका छ । किन भने डा.शर्माले नेपालको भलोभन्दा पनि अमेरिकनहरूको धेरै चिन्ता लिने गर्छन् ।















प्रतिक्रिया