आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित

दैनिक नेपाल २०७८ कार्तिक १२ गते ८:१४

युएई, १२ कात्तिक । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । यूएईमा गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।

श्रीलङ्काले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्ग्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए ।

स्टिभ स्मिथ २८ रनमा अविजित रहँदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित