८ कार्तिक २०८३, आइतबार

एमालेले दशौं महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी गराउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरु सहभागी हुने भएको छ ।

पार्टीको बिहीबार ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले आगामी मङ्सिरमा गर्न लागेको महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट जनाए ।

ज्ञवालीले भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छानिने र बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छानिने जानकारी दिए ।

महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको उनले बताए ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।