आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रशिक्षक अल्मुताइरी नेपालसँग तीन वर्षको सम्झौता गर्न सहमत

दैनिक नेपाल २०७८ कार्तिक १० गते १५:४९

काठमाडौँ, १० कात्तिक । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालसँग थप तीन वर्षका लागि सम्झौता गर्न सहमत भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।

‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो वाचा छ, तर हामीलाई समय दिनुस् ।’

प्रतिक्रिया
सम्बन्धित