८ कार्तिक २०८३, आइतबार

मोरङमा ९४ तोला चाँदीसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १० कात्तिक । मोरङ जिल्लामा ९४ तोला चाँदीसहित ३० वर्षीय धर्बेन्द्र शर्मा पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो ।

बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।