शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यी नायिकाले मिलाइदिन्थिन् शाहरुखका छोरालाई गाँजा

दैनिक नेपाल २०७८ कार्तिक १० गते १०:३०

मुम्बई । भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरोले नायिका अनन्या पाण्डेको घरमा छापा मारेपछि तनाबको अवस्था सिर्जना भएको छ ।

शाहरुख खानको छोरा आर्यनका नजिकको साथी रहेकी अनन्यालाई एनसीबीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएका हुन् । सोधपुछक्रममा अनन्याले दुई वर्षअघि आर्यनका लागि गाँजा मिलाउने काम गरेको बताएकी छिन् ।

लागुऔषध प्रकरणमा आर्यनसँग अनन्याको पनि सम्बन्ध देखिएपछि उनले आफ्नो हातबाट नयाँ फिल्म खेल्ने मौका गुमाएकी छिन् । कोइमोइका अनुसार अनन्याले दक्षिण भारतका सुपरस्टार अभिनेता विजयसँग नयाँ फिल्म ‘थालपथी ६६’मा अभिनय गर्ने कुरा थियो ।

फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । अब भने अनन्यालाई सो फिल्मबाट हटाइएको छ ।

अर्को वर्ष रिलिज हुने भनिएको ‘थालपथी ६६’ वाम्शी पेडीपल्लीको निर्देशन र दिल राजुको निर्मातामा बन्न लागेको छ ।

सुोधपुछमा एनसीबीले अनन्या र आर्यनबीच ह्वाट्सएप च्याट पनि हेरेका थिए । च्याटमा उनीहरूबीच लागुऔषधबारे कुराकानी भएको देखिएको थियो ।

आर्यनले उनका लागि लागुऔषध मिलाउन मिल्छ भनी सोधेका छन् । जवाफमा अनन्याले आफू प्रयास गर्ने बताएकी थिइन् ।

एनसीबीसँग भने उनी केवल आर्यनसँग जिस्किरहेको बताएकी छिन् । हालसम्म अनन्याले आर्यनका लागि लागुऔषधको व्यवस्था गरेको कुनै प्रमाण भने भेट्टिएको छैन । उनीहरू नियमित लागुऔषधबारे कुराकानी गरिरहने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित