आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईसीसी टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानको अर्को शानदार जित

दैनिक नेपाल २०७८ कार्तिक १० गते ७:२९

युएई, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

युएईको सारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन जोडे । कप्तान बाबर आजमले भने ९ रन मात्र जोड्न सके ।

न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७र२७ रन जोडे भने कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिँदा शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए ।

जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ । पाकिस्तानले यस अघि भारतलाई १० विकेटले हराएको थियो । अर्को खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित