८ कार्तिक २०८३, आइतबार

ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा.६३ प ६२०४ नम्बरको स्कुटरलाई बा.२ ख १३८ नम्बरको ट्याङकरले मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने ४४ वर्षीय गंगाराज राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुस्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्याङकर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।