काठमाडौं, ९ कात्तिक । सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
अधिकारीले निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।
अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको छ ।











प्रतिक्रिया