दमक, ८ कात्तिक । झापामा प्रहरीले जुवाको खालबाट ठूलो मात्रामा नगदसहित चारजना जुवाडेलाई पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका–९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नि राई, ४० वर्षीय लालबहादुर लिम्बु, ४५ वर्षीय मनीष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ वर्षीय सुरेश लिम्बु रहेका छन् ।
शनिवार राति ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ३ बुङ तास, १ लाख ७३ हजार ५ सय नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया