आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आईसीसी टी–२० विश्व कपमा पाकिस्तानसँग पहिलो पटक भारतको लज्जास्पद हार

दैनिक नेपाल २०७८ कार्तिक ८ गते ७:४७

युएई, ८ कात्तिक । आईसीसी टी(२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ ।

भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, रोहित शर्मा र कोहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए ।

यो जितसँगै टी(२० विश्व कपमा पाकिस्तानले भारतसँगको ६ भेटमा एक जित निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित