८ कार्तिक २०८३, आइतबार

बाढी पहिरोका कारण ११७ को मृत्यु, ३४ जना बेपत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ७ कात्तिक । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले देशभर ३४ जना बेपत्ता भएको जनाएको छ ।

बाढी पहिराेले ३९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।

त्यस्तै बझाङमा मात्र १९ जना बेपत्ता छन् ।