काठमाडौं, ७ कात्तिक । देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई सोमबार पनि खुवाउन सकिनेछ ।











प्रतिक्रिया