धादिङ, ७ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ ।
३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा बिहान ४ बजेतिर आगलागी भएको हो ।
बसका यात्रु सकुशल छन् । बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको छ ।











प्रतिक्रिया