८ कार्तिक २०८३, आइतबार

ओलीद्वारा एकैसाथ ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका हुन् ।

दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो ।

अधिवेशनको अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्ध साथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

उद्घाटन सत्र इन्टरनेटको पहुँच भएका वडाहरुमा डिस्प्ले गरिएको थियो ।

पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् ।

अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ ।