काठमाडौं, ६ कात्तिक । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली अहिले नरहेको महाशाखाले जनाएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का र फाटफुट वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं. १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।











प्रतिक्रिया