शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तास खेल्ने १९ जना पक्राउ

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १३:३६

पर्सा, ५ कात्तिक । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित