शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

धरानमा १८ लाख र सुनसहित दुई जना पक्राउ

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १३:३३

सुनसरी, ५ कात्तिक । धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातु सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित