शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काभ्रेमा जबरजस्ती करणी मुद्दाका महत पक्राउ

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १३:३०

काभ्रेपलाञ्चोक, ५ कात्तिक । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित