मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

अर्ली इलेक्सनका विषयमा गठबन्धनका नेताहरूसँग कुरा गर्छु : देउवा

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १०:११

धनगढी, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा अर्ली इलेक्सनका विषयमा सत्ता गठबन्धनका नेताहरूसँग परामर्श गर्ने बताएका छन् ।

कैलालीको धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देउवाले अर्ली इलेक्सन आफू एक्लैले भनेर नहुने बताए । उनले यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।

अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

नेपाली कांग्रेसका नेताका केही नेताहरूले पहिले वैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् ।

यसैबीच, प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएलगत्तै राहत प्याकेज घोषणा गर्ने बताएका छन् । देउवाले एमसीसी नेपालको कानूनभन्दा माथि नभएको भन्दै यो संसदबाट पारित हुने बताएका छन् ।

उनले कांग्रेसको १४ औं महाधिवेशन पार्टीको निर्वाचन कमिटीले जे निर्णय गर्छ, त्यही हुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित