८ कार्तिक २०८३, आइतबार

वेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीद्वारा फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलबस्तु, ५ कात्तिक । कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिका–१० ढडीहवास्थित घोराही खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३० वर्षीया सीता थारु र १४ वर्षीया सृजना थारुलाई खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणबाट खटिएको सशस्त्र प्रहरीले सीता थारुको शव फेला पारेको जनाएको छ ।

बेपत्ता भएकी सृजना थारुको भने खोजीकार्य भइरहेको छ ।

यसैगरी, ईलाम जिल्लाको बुङ गाउँपालिका– ६ चिसापानीमा सशस्त्र प्रहरीले हरिमाया राईको शव फेला पारेको छ । उनी बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बाझोबाट खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।