शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

झापामा दुई जना भुटानी शरणार्थी ब्राउन सुगरसहित पक्राउ

दैनिक नेपाल २०७८ कार्तिक ५ गते ९:४३

झापा, ५ कात्तिक । झापा जिल्लाको मेचीनगर नगरपालिका– ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही जिल्लाको दमक नगरपालिका– ३ भुटानी शरणार्थी क्याम्पमा बस्ने मनीष राई र बलराम लिम्बु रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट सतीघट्टाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच
गर्दा उनीहरूको साथमा ४ ग्राम ब्राउन सुगर फेला पारेपछि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकाहरूलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित