बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

एमालेद्वारा बादल नेतृत्वको दशाैँ महाधिवेशन मुल व्यवस्थापन कमिटी गठन

दैनिक नेपाल २०७८ कार्तिक ४ गते २२:०१

काठमाडौँ, ४ कात्तिक । नेकपा एमालेले नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दशाैँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन कमिटी गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मुल व्यवस्थापन कमिटी गठन गरेको हो ।

महाधिवेशन सफल पार्न सातै प्रदेशका एक–एक जना प्रतिनिधि नछुट्ने गरी २१ सदस्यीय कमिटी गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले मुल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावललगायत रहेका जनाएका छन् ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

 

प्रतिक्रिया
सम्बन्धित