शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बाढी पहिरोबाट हालसम्म १०४ जनाको मृत्यु, ४१ घाइते, ४१ बेपत्ता

दैनिक नेपाल २०७८ कार्तिक ४ गते २१:३७

काठमाडौँ, ४ कात्तिक । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् ।

त्यस्तै, बागमतीमा प्रदेशमा एक जनाको मृत्यु भएको छ भने प्रदेश २ मा १ जना बेपत्ता बेपत्ता भएका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।

यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् ।

हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित