शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमाले महाधिवेशन चितवनमा सार्ने निर्णय

दैनिक नेपाल २०७८ कार्तिक ४ गते २०:०२

काठमाडौँ, ४ कात्तिक । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने निर्णय गरेको छ ।

आगामी मंसिरमा बुटवलमा गर्ने भएको महाधिवेशनको स्थान परिवर्तन गरेर चितवनमा गर्ने निर्णय गरिएको हो ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकले दशौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले दशौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित