मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सानिमा बैंक अब काठमाडौँको चपली र भक्तपुरको बालकोटमा

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १९:११

काठमाडौँ, ४ कात्तिक । सानिमा बैंक लिमिटेडले कात्र्तिक ४ गते काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे ।

यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरे ।

समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित