शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रभु साह माओवादी केन्द्रमै फर्किने तयारीमा

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १५:५५

काठमाडौँ, ४ कात्तिक । प्रभु साहले नेकपा माओवादी केन्द्रमै फर्किने तयारी थालेका बताइएको छ ।

माओवादी छोडेर एमालेमा लागेका साह पुनः माओवादीमै फर्किने तयारी गरिरहेको बुझिएको छ । जसका लागि उनले माओवादीका शीर्ष नेताहरुसँग सम्बन्ध बनाइरहेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि साहले एमाले रोजेका थिए ।

एमालेमा पनि नीतिअनुरुप मिल्न नसकेपछि साह माओवादीमै फर्किन लागेका टिप्पणी हुन थालेको छ । यता माओवादीका केही नेताहरु भने साह कुन मुख लिएर माओवादीमा आउँछन् भनेर प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित