बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माओवादीले ३२ विभागलाई दियो पूर्णता

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १३:४२

काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ मध्ये ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ ।

बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो ।

सबै गठित विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग गठन गर्न बाँकी नै रहेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित