बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

करिश्मा–जितु एमाले प्रवेशको तयारीमा, बालकोटमा वार्ता

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १२:३५

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता जितबहादुर नेपाल ‘जितु’ले भेटवार्ता गरेका छन् ।

बुधबार भक्तपुरको बालकोटस्थित ओलीकै निवासमा पुगेर मानन्धर र नेपालले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका चाँजोपाँजो एमालेबाट राष्ट्रय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल ओलीले मिलाएकी हुन् ।

बाबुराम भट्टराईको पार्टी छाडेपछि राजनीतिबाट निष्क्रिय बसेकी अभिनेत्री मानन्धरले आफूलाई एमालेतिर झुकाएकी छिन् ।

मानन्धरले आफू एमालेमा प्रवेश औपचारिक घोषणा नगरे पनि एमालेका अध्यक्ष ओलीसँग भेट गर्ने क्रममा सांसद कोमल ओली र हास्य अभिनेता नेपाललाई साँक्षी राखेर भेटवार्ता गरेकी छिन् ।

हास्य अभिनेता नेपालले पनि आफूलाई एमालेतिर झुकाब रहेको संकेत गरेका छन् । विगतमा कुनै पनि राजनीतिक दलसँग नखुलेका नेपालले बुधबार अभिनेत्री मानन्धर र सांसद कोमल ओलीसँगै निवासमा ओलीलाई भेट गरेर एमालेतिर आफ्नो झुकाव रहेको सन्देश दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित