शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कपिलवस्तु र भोजपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १२:१४

फाइल तस्वीर

बुद्धभूमि, ४ कात्तिक । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–१० बिगगौरीकी ३२ वर्षीया सीता थारुको खोलाले बगाएर मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाएर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाबाट १ सय मिटर टाढा शव फेला परेको छ ।

उक्त खोलाले बगाएर बेपत्ता भएकी सोही ठाउँ बस्ने १३ वर्षीया सिर्जना थारुको प्रहरीले खोजी गरिरहेको छ ।

भोजपुरको रामप्रशादराई गाउँपालिका–६ खोलाखर्क बस्ने ५८ वर्षीय मानबहादुर राईको मखुवा खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ ।

खोलाले बगाएर वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाबाट १ सय मिटर टाढा उनको शव फेला परेको हो ।

प्रतिक्रिया
सम्बन्धित