शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सवारी दुर्घटनामा २ जनाको मृत्यु

दैनिक नेपाल २०७८ कार्तिक ४ गते १२:१०

महेन्द्रनगर, ४ कात्तिक । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–३ नौलाखेतस्थित सडकमा भएको दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ ।

म.१ ह १२७९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया हर्कमतीदेवी जोशीको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–५ जामुने खोलास्थित सडकमा बा.२१ च ९२१० नम्बरको बोलेरो सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनमा परी गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित